Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • राष्ट्रिय भेलापछि आज खनाल-नेपाल पक्षको महिला भेला

    राष्ट्रिय भेलापछि आज खनाल-नेपाल पक्षको महिला भेला

    अनलाइन नेपाल
  • शुक्रबार, ६ चैत्र २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आजदेखि समानान्तर भेला सुरू गर्ने भएको छ ।

    शुक्रबार आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ ।



    कालीमाटी ब्यांक्वेटमा एघार बजे सुरु हुने भेलालाई वरिष्ठ नेताद्वय नेपाल र खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



    यसअघि गत २८ फागुनमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पनि महिला भेला गरेको थियो ।

    त्यस्तै, नेपाल-खनाल पक्षले भोलि युवा संघको पनि भेला गर्ने जनाएको छ।

    नेपाल पक्षले देशभर समानान्तर संगठन र गतिविधि गर्ने घोषणा गरेसँगै आगामी चैत १० गते विद्यार्थीको राष्ट्रिय भेला समेत बोलाए छ।

    ललितपुरको सानेपामा आयोजित भेला गत बुधबार र बिहीबार सम्म चलेको थियो, उक्त भेलाले सत्र बुँदे प्रस्ताव पारित गर्दै भेला समापन गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार