Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दुबईबाट काठमाडौँ आएका एक व्यक्ति विमानस्थलमा सुनसहित पक्राउ

    दुबईबाट काठमाडौँ आएका एक व्यक्ति विमानस्थलमा सुनसहित पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ११ चैत्र २०७७
  • 4K
    SHARES

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट प्रहरीले सुन जस्तो देखिने पहेँलो धातुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका-५ स्थायी वतन भएका ३३ वर्षीय रमेश सापकोटा र सिन्धुली सुनकोशी गाउँपालिका-८ स्थायी वतन भई काठमाडौं कपन बस्ने २८ वर्षीय निर्दोश कुमार थिङ रहेका छन् ।



    मंगलबार दिउँसो उनीहरुको साथबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको १ थान सुन जस्तो देखिने धातुको टुक्रा र १ थान बालासहितविमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको हो ।



    सापकोटा नेपाल एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका हुन्।

    सापकोटाले टर्च लाईटभित्रको ब्याट्रिभित्र फल्स बटम बनाई र ल्यापटप ब्यागभित्र लुकाई अबैध रुपमा भन्सार छली ल्याएको उक्त टुक्रा तथा बाला संकलनको लागि उभिएका निर्दोश कुमार थिङलाई दिँदैरलिदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार