Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • भारतमा कोरोना संक्रमित बढेसँगै नेपालको सीमामा कडाइ

    भारतमा कोरोना संक्रमित बढेसँगै नेपालको सीमामा कडाइ

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 2.1K
    SHARES

    एजेन्सी। भारतमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि नेपालले आफ्नो सीमामा कडाइ गर्न थालेको जनाएको छ ।

    पछिल्लो समय भारतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएको पुष्टि भएपछि नेपालले सीमाको अवस्थालाई निगरानी गरिरहेको र त्यसलाई हेरेर थप कदम चाल्ने प्रतिक्रिया स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले दिएका छन् ।



    भारतको स्वास्थ्य मन्त्रालयले मङ्गलवार १८ राज्यमा नयाँ ुडबल म्यूटन्टु अर्थात् दोहोरो उत्परिवर्तन भएको कोरोनाभाइरस फेला परेको जनाएको थियो।



    एक जनस्वास्थ्यविद्ले सरकारले झारा टार्ने हिसाबले काम गर्न नहुने र विगतबाट पाठ सिकेर बढीभन्दा बढी पीसीआर परीक्षण र जनस्वास्थ्य मापदण्ड पालना हुने कुरा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

    भारत सरकारका अनुसार स्थानीय स्तरमा बढिरहेको सङ्क्रमणको दर र नयाँ प्रकारको भाइरसबीच कुनै सम्बन्ध तथ्याङ्कले पुष्टि गरि नसकेको बिबिसीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार