Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • चीनमा आइतबार कोभिड १९ का संक्रमित भेटिएनन्

    चीनमा आइतबार कोभिड १९ का संक्रमित भेटिएनन्

    अनलाइन नेपाल
  • सोमबार, १६ चैत्र २०७७
  • 1.6K
    SHARES

    एजेन्सी। चीनमा हिजो आइतबार स्थानीय स्तरमा नै संक्रमित भएका कोरोना भाइरसका संक्रमितहरु नभेटिएको स्वास्थ्य अधिकारीहरुले सोमबार सो जानकारी दिएका छन् । उनीहरुले आइतबार चीनमा देशभित्रै संक्रमण सरेका व्यक्ति नभेटिएको बताएका हुन् ।

    चीनको नेसनल हेल्थ कमिनसनले आइतबार चीनमा १५ जनामा कोभिड १९ को संक्रमण त भेटिएको छ तर पनि उनीहरु चीनभित्र नै संक्रमित भएका भने नपाइएको बताएको हो । ती १५ जना संक्रमित चीन बाहिरबाट आएको बताइएको पनि सो समाचारमा जनाइएको थियो ।



    बेइजिङमा आइतबार १५जना नयाँ संक्रमित भेटिएका थिए र उनीहरु चीनमा भेटिएका नभएर बाहिरबाट आएका नागरिकमा भेटिएको थियो । त्यसैगरी आइतबार कोभिडबाट मृत्यु भएको समाचार पनि नरहेको सो कमिसनले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार