Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चीनमा एकैदिन भेटिए ३४०० बढी कोरोना संक्रमित, विद्यालयहरु पुन: बन्द

    चीनमा एकैदिन भेटिए ३४०० बढी कोरोना संक्रमित, विद्यालयहरु पुन: बन्द

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । उत्तरी छिमेकी देश चीनमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र रुपमा फैलिन थालेको छ ।

    चिनियाँ संचार माध्यमहरुका अनुसार आइतबार मात्रै चीनमा करिब ३ हजार ४ सयभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।



    नयाँ संक्रमितहरुको यो संख्या सन् २०२० को फेब्रुअरी महिनापछि एकै दिनमा दर्ज भएको सबैभन्दा बढी हो । संक्रमितको संख्या बढेपछि सांघाईमा विद्यालयहरु पुन: बन्द गरिएको छ । साथै पूर्वोतर केही शहरहरुमा लकडाउन गरिएको समाचारमा उल्लेख छ।



    रिपोर्टका अनुसार पछिल्लो समय विश्वभर कोरोना संक्रमितहरुको संख्या ४४ करोड ६६ लाख भन्दा बढी छ । मृतकको संख्या ६० लाख आसपास छ ।

    यस्तै, पछिल्लो एक महिनामा विश्वभर कोरोनाका ५ करोडभन्दा बढी संक्रमितहरु फेला परेका छन् भने दुई लाखभन्दा बढीले ज्यान गुमाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार