Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चीनमा एकैदिन ३१ हजार कोरोना संक्रमित भेटिए, ८ जिल्लामा लकडाउन

    चीनमा एकैदिन ३१ हजार कोरोना संक्रमित भेटिए, ८ जिल्लामा लकडाउन

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 804
    SHARES

    एजेन्सी ।  चीनमा ‘शून्य कोभिड नीति’ भए पनि फेरि एकपटक कोरोनाका केस तीव्र गतिमा बढ्न थालेका छन् ।

    राजधानी बेइजिङ र दक्षिणी व्यापारिक केन्द्र ग्वाङ्झाउलगायत धेरै प्रमुख सहरमा कोरोनाका बिरामी बढेका छन् ।



    बिहीबार ३१ हजार ४५४ नयाँ संक्रमित फेला परेका छन् ।



    यो कोरोना अवधिको उच्च हो। यसअघि यो अप्रिलमा सबैभन्दा बढी २८ हजार संक्रमित भेटिएका थिए ।

    नेशनल हेल्थ ब्यूरोको तथ्याङ्क अनुसार, महामारी सुरु भएदेखि चीनको औसत दैनिक केसहरू रेकर्ड उच्च पुगेको भारतीय न्युज पोर्टल भाष्करले जनाएको छ।

    यसैबीच, बढ्दो संक्रमणलाई मध्य नजर गर्दै चिनियाँ प्रशासनले झेङ्झाउ र आसपासका ८ जिल्लाको ६६ लाख जनसङ्ख्यालाई लकडाउन गरेको छ । यो आदेश अघि नै यस क्षेत्रका २ लाख जनसंख्या डेढ महिनादेखि लकडाउनमा छन् । नयाँ आदेश शुक्रबारदेखि लागू भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार