Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • ओली वाह्य शक्तिसँग साँठगाँठमा संलग्न छन् : नेपाल पक्ष

    ओली वाह्य शक्तिसँग साँठगाँठमा संलग्न छन् : नेपाल पक्ष

    अनलाइन नेपाल
  • मंगलबार, १७ चैत्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको माधव नेपाल पक्षले दुई नेतामाथि भएको कारबाही अस्वीकार्य हुने बताएको छ ।

    मंगलबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गर्ने निर्णय विधान विपरित भएको निष्कर्ष निकाल्दै ओलीले गरेको निर्णय मान्य नहुने निष्कर्ष निकालेको हो ।



    अध्यक्ष ओलीले वाह्य शक्तिसँग साँठगाँठका आधारमा देश, जनता र कम्युनिस्ट पार्टीलाई कमजोर तुल्याउने काममा संलग्न रहेको भन्दै नेपाल पक्षले पार्टीमा समानान्तर गतिविधिलाई कायमै राख्ने, तर पार्टी अलग नबनाउने निर्णय गरेको छ ।



    प्रधानमन्त्री ओली पद र शक्तिमा पुगेपछि निरन्तर नेपाल र नेपाली जनताको हितमा आघात पुर्याउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पुर्याउने विभिन्न काम गरेको भन्दै नेपाल पक्ष नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेको नामबाट संयुक्त रुपमा विज्ञप्ति जारी गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार