Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘संविधानको स्वतन्त्रता अदालतले हरण गरेपछि दलको के औचित्य’

    ‘संविधानको स्वतन्त्रता अदालतले हरण गरेपछि दलको के औचित्य’

    अनलाइन नेपाल
  • बिहिबार, १९ चैत्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका नेता देव गुरुङले सर्वोच्च अदालतको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदरको आदेश पुनरावलोकन नगर्ने फैसला सही नभएको टिप्पणी गरेका छन् ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी पुन: एकताका लागि पुनरावलोकन गर्न भन्दै दिएको निबेदनपश्चात् सर्वोच्चले पुनरावलोकन नगर्ने आदेश दिएसँगै यस्तो टिप्पणी गरेका हुन् । तर, सर्वोच्चको फैसला मान्नु पर्ने उनको भनाइ थियो ।



    आज सर्वोच्चको फैसलापछि संचारकर्मीहरुसँग बोल्दै नेता गुरुङले भने ‘संविधानले दल खोल्न पाउने स्वतन्त्रता प्रत्याभूत गरेको छ । तर, सर्वोच्च अदालतको यो निर्णयले दल सम्बन्धी गठन र पुनगर्ठन सवै अदालतले गर्ने भएपछि त, दलको के औचित्य रह्यो र रु उनले प्रश्न गरे ।



    आफुहरु संविधानले प्रत्याभूत गरेको दलसम्बन्धी अधिकार नै हनन् भयो भनेर अदालतमा गएका थियौं तर पुनवरावलोकन नगर्ने भएपछि त्यो त सही नभएको जस्तो लाग्छ’ गुरुङले भने ।

    र्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार