Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • अन्तत: प्रधानमन्त्री ओलीको राजीनामा माग्ने कांग्रेसमा सहमति

    अन्तत: प्रधानमन्त्री ओलीको राजीनामा माग्ने कांग्रेसमा सहमति

    अनलाइन नेपाल
  • शुक्रबार, २० चैत्र २०७७
  • 4.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौंं। अन्तत: नेपाली कांग्रेसका शीर्ष नेताबीच प्रधानमन्त्रीको राजीनामा माग्ने सहमति भएको छ ।

    पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक रोकेर सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच भएको छलफलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने सहमति भएको हो ।



    लामो रस्साकस्सीपछि ओलीको राजीनामा माग्ने र कांग्रेसकै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने सहमति जुटेको एक नेताले जानकारी दिए ।



    ओलीले संसद बिघटन गरेपछि पनि कांग्रेसले ढुलमुले नीति लिएको भन्दै कांग्रेसको चर्को आलोचना हुँदै आएको छ।

    कांग्रेसमा देउवा र पौडेल समूहबीच ओलीलाई समर्थन गर्ने वा नगर्ने भन्ने बिषयमा सहमति जुट्न सकेको थिएन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार