Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादी केन्द्रको कारवाहीपछि लुम्बिनी प्रदेशमा दुई सांसद पद रिक्त

    माओवादी केन्द्रको कारवाहीपछि लुम्बिनी प्रदेशमा दुई सांसद पद रिक्त

    अनलाइन नेपाल
  • सोमबार, २३ चैत्र २०७७
  • 3.6K
    SHARES

    बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशका सांसदद्वय दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी(गुल्मी)लाई माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरुले सांसद पद गुमाउने भएका छन्।

    माओवादी केन्द्रले एमालेमा प्रवेश गरेपछि न्यौपाने र पन्थीलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, एक हप्ता बितिसक्दा पनि उनीहरुले स्पष्टीकरणको जवाफ नदिएपछि उनीहरुलाई कारवाही गरेको पार्टी जानकारी दिए।



    ‘संसदीय दलले कारबाही गरेको जानकारी पार्टी केन्द्रीय कमिटीलाई दिएको र केन्द्रीय समितिले पनि कारबाहीलाई अनुमोदन गरेपछि दुवै पत्र प्रदेश सभा सचिवालयमा दर्ता गरिएको छ । माओवादीले कारवाही गरेसँगै उनीहरुको सांसद पद खारेज स्वत: हुन्छ।



    सांसद न्यौपाने र पन्थीलाई माओवादी केन्द्र संसदीय दल र पार्टी केन्द्रीय समितिले कारबाही गरेको पत्र प्राप्त भइसकेको पार्टीका एक नेताले बताए।

    पार्टीले कारवाही गरेसँगै उक्त सांसद पद रिक्त हुने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार