Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतमा कोरोनाको आतंक मच्चिएसँगै दिल्लीमा रात्रिकालीन कर्फ्यु

    भारतमा कोरोनाको आतंक मच्चिएसँगै दिल्लीमा रात्रिकालीन कर्फ्यु

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 3.7K
    SHARES

    एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि रोकथामका लागि रात्रिकालीन कर्फ्यु जारी गरिएको छ ।

    दिल्लीको राज्य सरकारले आजदेखि लागू हुने गरी आगामी ३० अप्रिलसम्मका लागि कफ्र्यु लगाउने निर्णय गरेको हो ।



    कर्फ्यु राति १० बजेदेखि बिहान ५ पाँचबजेसम्म हुने भारतीय समाचार माध्यमहरुले जनाएका छन्।



    भारतको दिल्लीलगायत प्रमुख सहरहरुमा पछिल्लो केही सातायता संक्रमण तीव्र बन्दै गएको छ ।

    दिल्लीमा सोमबार मात्र ३ हजार ५४८ संक्रमित थपिएका थिए भने १५ जनाको संक्रमणका कारण ज्यान गएको थियो।

    भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार देशभर ९६ हजार ९८२ मा संक्रमण पुष्टि भएको थियो ।

    पछिल्ला दिनहरुमा भारतमा १ लाखभन्दा बढी नयाँ संक्रमितहरु दिनहुँ थपिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार