Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • फ्रान्स आगलागी : युवकहरुको समूहद्वारा दम्पती र शिशुको नाटकीय उद्धार

    फ्रान्स आगलागी : युवकहरुको समूहद्वारा दम्पती र शिशुको नाटकीय उद्धार

    अनलाइन नेपाल
  • बुधबार, २५ चैत्र २०७७
  • 1.1K
    SHARES

    एजेन्सी। फ्रान्सेली सहर नोँतस्थित एउटा आवासीय भवनमा आगो लागेपछि त्यहाँबाट एउटा परिवारलाई उद्धार गर्ने युवकहरूको एउटा समूहको प्रशंसा भएको छ।

    नाटकीय भिडिओ फुटेजमा उनीहरूले तेस्रो तलामा अपार्टमेन्टबाट एक दम्पतीलाई बाहिर निस्किन सहयोग गरिरहेको देख्न सकिन्छ।



    उक्त भवनको छेउमा डसनाहरू राखेर ती दम्पतीको छ महिनाकी छोरीलाई सुरक्षित रूपमा उद्धार गर्नका लागि तेस्रो तलाबाट फ्याँकिएको भिडिओमा देखिन्छ।



    गम्भीर अवस्थामा रहेकी ती शिशुलाई त्यसपछि अस्पताल पुर्‍याइएको थियो। उनको अवस्थामा सुधार भइरहेको बताइएको छ।

    उद्धार कार्यमा संलग्न एक जना युवक ताहमिदले एउटा फ्रान्सेली वेबसाइटसँग कुरा गर्दै भवनबाट धूवाँको मुस्लो निस्किन थालेपछि शिशुलाई बार्दलीबाट तल फ्याँक्ने निर्णय ‘एक मात्र उपाय’ रहेको बताएका छन्। (बीबीसीको सहयोगमा)

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार