Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नक्कली भ्याट बिलमार्फत् राजस्व छली गर्ने शाहविरुद्ध ५ करोडको मुद्दा दायर

    नक्कली भ्याट बिलमार्फत् राजस्व छली गर्ने शाहविरुद्ध ५ करोडको मुद्दा दायर

    अनलाइन नेपाल
  • बिहिबार, २६ चैत्र २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। आन्तरिक राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि (भ्याट)  करको बिल प्रयोग गरेर राजस्व छल गर्ने पर्साका प्रवीन्द्र शाह गोढविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

    अभिनास इन्टरनेशनल प्रालिको सञ्चालक समेत रहेका उनले लामो समयदेखि मालवस्तु खरिद तथा आयात नगरी झुट्टा खरिद देखाई विभिन्न फर्महरुलाई बिल बिजक जारी गरेको र फर्महरुबाट लिएको रकमको मूल्य अभिवृद्धि करसमेत सरकारलाई नबुझेकोले उनीविरुद्ध मुद्दा दायर गरिएको  हो।



    विभागले उनलाई ५ करोड २९ लाख रुपैयाँ बिगो असुली गरी जरिवाना र कैद माग दावीसहित उच्च अदालतमा मुद्दा दायर गरेको छ।



    उनीविरुद्द मूल्य अभिवृद्धि करतर्फ एक करोड ८९ लाख रुपैयाँ, आयकर तर्फ २ करोड ९७ लाख रुपैयाँ र लाभांश करतर्फ ४३ लाख २६ हजार रुपैयाँ राजस्व चुहावट गरेको विभागको आरोप छ ।

    साथै, उनीसँगै उक्त फर्मका बैङ्क खाता सञ्चालक जाबिर अन्सारीविरुद्ध पनि मुद्दा दायर भएको विभागले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार