Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतमा कोरोनाको बिगबिगी : २४ घण्टामा संक्रमितको संख्या डेढ लाख भन्दा बढी

    भारतमा कोरोनाको बिगबिगी : २४ घण्टामा संक्रमितको संख्या डेढ लाख भन्दा बढी

    अनलाइन नेपाल
  • आइतबार, २९ चैत्र २०७७
  • 1.9K
    SHARES

    एजेन्सी  । भारतमा एकै दिन अहिलेसम्मकै धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार छ सय ८२ जनामा सङ्क्रमण देखिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

    एकै दिन यति धेरै जनामा सङ्क्रमण पुष्टि भएको यो नै पहिलो हो । भारतमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ३३ लाख ५५ हजार चार सय ६५ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड १० लाख ७८ हजार तीन सय ३३ जना उपचारपछि निको भएका छन् ।



    ११ लाख सात हजार आठ सय २७ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।



    पछिल्लो २४ घण्टामा आठ सय ३८ जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख ५२ हजार छ सय ८२ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार