Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भारतमा एकैदिन तीन लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    भारतमा एकैदिन तीन लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।

    समाचारसंस्था एएनआईका अनुसार त्यहाँ पछिल्लो २४ घण्टामा ३ लाख १७ हजार ५३२ नयाँ कोरोना संक्रमित थपिएका छन् ।



    योसँगै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४९१ जनाको मृत्यु भएको छ । यसबाहेक २ लाख २३ हजार ९९० जना उपचारपछि निको भएका छन् ।



    देशमा सक्रिय केसहरूको कुल संख्या १३,२४,०५१ छ । योसँगै कोरोना पोजिटिभ दर १६.४१% छ ।

    देशमा कोरोनाका नयाँ संस्करणका केसहरू पनि तीव्र गतिमा बढिरहेका छन् ।

    हालसम्म देशमा कुल ९ हजार २८७ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनको तुलनामा कोरोना संक्रमितको संख्या ३.६३ प्रतिशतले बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार