Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विद्यालय बन्द होइन, सावधानी अपनाएर खोल्नु पर्छ : प्याब्सन

    विद्यालय बन्द होइन, सावधानी अपनाएर खोल्नु पर्छ : प्याब्सन

    अनलाइन नेपाल
  • आइतबार, २९ चैत्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । पछिल्लो समय मुलुकभर कोरोना भाइरसको संक्रमणको दोस्रो लहर बढ्दै गएको सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तीमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन संस्था (प्याब्सन)ले आपत्ति जनाएको छ।

    आज प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले सयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा गत बर्ष २०७६ चैत्र ११ गतेबाट गरिएको बन्दाबन्दीले विश्वका कतिपय मुलुक सँगसँगै नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक र रोजगारीको क्षेत्र लगायत जनजीविकाको विभिन्न पक्षमा प्रभाव पारेको उल्लेख गरिएको छ।



    प्याब्सनले कोरोना प्रभावहरु बाट आम नेपाली जनताले अनुभूत गरिसकेका भन्दै बन्दाबन्दी मात्र रोकथामको उपाय नभएको प्रमाणित भइसकेको भन्दै विद्यालय बन्द नगरी संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरिनुपर्नेमा जोड दिइएको छ ।



    प्याब्सनले विद्यालय बन्द गराएर अनलाइन माध्यमबाट सबै ठाउँमा पठनपाठन सञ्चालन गर्न सम्भव नरहेको पनि स्पष्ट पारेको छ ।

    सबै शिक्षालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्न गराउन विशेष भूमिका निर्वाह गर्न पनि सबै शिक्षक–कर्मचारीहरुलाई अनुरोध गरेको प्याब्सनले बिज्ञप्तिमा जनाएको छ।

    विज्ञप्ति :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार