Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रदेश २ मा एमालेको नयाँ संसदीय दलको नेता, मण्डल र महतोबीच चर्काचर्की

    प्रदेश २ मा एमालेको नयाँ संसदीय दलको नेता, मण्डल र महतोबीच चर्काचर्की

    अनलाइन नेपाल
  • सोमबार, ३० चैत्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । प्रदेश–२ मा माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका संसदीय दलको नेतालाई हटाएर नयाँ संसदीय दलको नेता चुनेको छ ।

    नेपाल पक्षले अध्यक्ष ओली पक्षका सत्यनारायण मण्डललाई संसदीय दलको नेताबाट बहुमतले हटाएर आफ्नो पक्षका शत्रुधन महतोलाई संसदीय दलको नेता चुनेको हो ।



    प्रदेश २ मा रहेका एमालेका २१ सांसदमध्ये १३ जना सांसदको समर्थनबाट आफू संसदीय दलको नेता बनेको महतोले जनाएका छन् ।



    महतोले सभामुखले आफूलाई मान्यता दिइसकेको पनि दावी गरेका छने

    यता मण्डलले भने अवैधानिक र अलोकतान्त्रिक तरिकाले हटाइएको भन्दै पार्टी नेतृत्वलाई जानकारी गराइसकेका छन् ।

    मण्डलले अविश्वासको प्रस्ताव नल्याइकनै आफूलाई हटाइएको भन्दै यो निर्णय कुनै पनि हालतमा मान्य नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार