Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • स्थायी राजधानी जनकपुर कायम भएसँगै मुख्यमन्त्री राउतको पुत्ला दहन

    स्थायी राजधानी जनकपुर कायम भएसँगै मुख्यमन्त्री राउतको पुत्ला दहन

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । प्रदेश – २ को स्थायी राजधानी जनकपुर कायम भएसँगै वीरगञ्जमा मुख्यमन्त्रीको पुत्ला दहन गरिएको छ ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का युवा नेताहरुले सोमबार साँझ प्रदर्शन गरेका हुन् ।

    घण्टाघर चोकमा उनीहरुले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुत्ला पनि जलाएका छन्। सोमबार अपरान्ह प्रदेश सभामा भएको मतदानमा दुई तिहाइ मतले स्थायी राजधानी जनकपुर कायम भएको थियो।



    स्थायी राजधानी कायम भएपछि यसअघि वीरगन्जलाई राजधानी बनाउनुपर्ने माग गर्दे आन्दोलन गर्दै आइरहेकाहरुले सडकमै आक्रोश पोखेका हुन्।



    मुख्यमन्त्री राउत वीरगन्जकै बासिन्दा रहेको र वीरगन्जबाटै प्रदेश सांसद निर्वाचित भएर मुख्यमन्त्री बने पनि राजधानी वीरगन्ज बनाउन पहल नगरेको भन्दै युवाहरुले उनको पुत्ला दहन गरेका हुन्।

    त्यसक्रममा उनीहरुले मुख्यमन्त्री र प्रदेश सांसदहरुविरुद्ध नाराबाजी पनि गरेका थिए। उनीहरुले मुख्यमन्त्री राउतको राजीनमा पनि माग गरेका थिए।

    प्रदर्शनको अगुवाइ गरेका लोसपाका जिल्ला उपाध्यक्ष सुजित गिरीले मुख्यमन्त्री राउत वीरगन्जकै भएर पनि वीगन्जसँग गद्धारी गरेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार