Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रदेश २ का मुख्यमन्त्री राउतले विश्वासको मत लिँदै

    प्रदेश २ का मुख्यमन्त्री राउतले विश्वासको मत लिँदै

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन्। बुधबारका लागि बोलाइएको प्रदेशसभा बैठकमा उनले विश्वासको मत माग्ने बताइएको छ।

    सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार मुख्यमन्त्री राउतले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्। प्रदेशसभाको समिकरण हेर्दा उनले सहजै विश्वासको मत पाउनेछन्।



    उनी प्रदेसभामा जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेता पनि हुन्। मुख्यमन्त्री राउतलाई केन्द्रका सत्ता साझेदार दलहरूको समर्थन रहनेछ। १०४ सदस्यीय प्रदेशसभामा जसपाका ३८, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ र नेकपा (एकीकृत समाजवादी) का १३ गरी ७८ जना सांसद राउतको पक्षमा छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार