Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विप्लवका नेता अर्काकी श्रीमतीसँग रङ्गेहात पक्राउ 

    विप्लवका नेता अर्काकी श्रीमतीसँग रङ्गेहात पक्राउ 

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 1.8K
    SHARES

    अछाम। नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्लास्तरीय नेता अर्काकी श्रीमतीसँग रङ्गेहात पक्राउ  परेका छन् ।

    पक्राउ पर्नेमा पञ्चदेवल विनायक नगरपालिका बारलाका नेता पदम विक रहेका छन्।



    नेता विक अर्काकी श्रीमतीसँग अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा आइतबार पक्राउ परेका हुन् । विक सधै जसो आइतबार बेलुका पनि ती महिलाको कोठामा प्रवेश गरेपछि आफन्तले रंगेहात पक्राउ गरेर प्रहरीलाई बुझाएको जनाइएको छ ।



    उनी अर्काकी श्रीमतीसँग नियमित अवैध क्रियाकलाप गर्ने गरेको थाह पाएपछि महिलाका श्रीमान् र आफन्तले निगरानी गरिरहेका थिए ।

    अनैतिक क्रियाकलापमा संलग्न भएका उनलाई प्रहरी चौकीमा बुझाएपछि आफू विप्लव माओवादीको प्रभावशाली नेता भएको भन्दै विकले छाड्न दवाव दिएका थिए ।

    विप्लव नेतृत्वको माओवादीमा रहेका विकले आफूले गल्ती गरेको र यो झमेलाबाट मुक्त गर्न आग्रह समेत गरेका छन् ।

    स्थानीय र पीडित परिवारका अनुसार ती महिलासँग विकको विगत लामो समयदेखि हिमचिम हुँदै आएको थियो।

    यसैबीच, महिलासँग रंगेहात पक्राउ परेका विकलाई विप्लव नेतृत्वको नेकपाले पार्टीबाट निष्कासित गरेको छ ।

    (तस्वीर सौजन्य सुदूरपत्र डटकमबाट साभार)

    विप्लव नेतृत्वको नेकपा अछामले विज्ञप्ति जारी गरेर विकलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार