Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ४ थान भरुवा बन्दुकसहित २ जना पक्राउ 

    ४ थान भरुवा बन्दुकसहित २ जना पक्राउ 

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    बाजुरा। प्रहरीले ४ थान भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा जिल्लाको खप्तड छेडेदह गाउँपालिका-३ गुदुखाती बस्ने ४५ वर्षीय बने बहादुर धामी र सोही ठाउँ बस्ने ४३ वर्षीय मान बहादुर धामी रहेका छन्।



    मंगलबार बिहान विशेष सूचनाको आधारमा प्रहरी चौकी डोगडीबाट खटिएको टोलीले उनीहरुको घर चेक गर्दा ४ थान भरुवा बन्दुक फेला पारेको हो। 



    प्रहरीले पक्राउ परेकामध्ये बने बहादुरको घरबाट जंगली जनावर बदेलको जस्तो खप्परसहितको आधा टाउको र मान बहादुरको घरबाट बदेलको जस्तो देखिने मासु बरामद गरेको थियो ।

    यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकोछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार