Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आफैँले बोकेको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु

    आफैँले बोकेको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 660
    SHARES

    फाइल तस्विर

    पाल्पा । पाल्पामा आफैँले बोकेको भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गएको छ ।

    ज्यान जानेमा निस्दी गाउँपालिका–४, मित्याल गाँङ्सिङ्डाँडा बस्ने ४८ वर्षीय डम्बर बहादुर सारु रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घर नजिकैको बारीमा फाँपर खान आएको जङ्गली जनावर दुम्सीलाई मार्न जाने क्रममा लड्दा अचानक भरुवा बन्दुक पपड्किएर सारुलाई बन्दुकको छर्राले लागेको थियो ।



    सो घटनाबाट गम्भीर घाइते भएका सारुको रामपुरस्थित रामपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ३ बजेतिर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार