Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सिकार खेल्न गएका तेजलालको बन्दुकको गोली लागेर मृत्यु

    सिकार खेल्न गएका तेजलालको बन्दुकको गोली लागेर मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 510
    SHARES

    फाइल तस्विर

    दाङ । दाङमा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बबई गाउँपालिका ४ ठाँटीखोलाका २४ वर्षीय तेजलाल खत्री रहेका छन् ।



    इलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार गतराति साढे ८ बजेको समयमा शान्तिनगर १ को मल्ले छहरे भन्ने स्थानमा सिकार खेल्न गएको अवस्थामा बन्दुक पट्किएर हात र पेटमा गोली र छर्रा लाग्दा खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।



    उनीसँगै अन्य १० र १२ जना व्यक्तिहरू पनि जङ्गलमा गएको बुझिएकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार