Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बुहारीलाई मार्छु भन्दै बन्दुक ताकेपछि…

    बुहारीलाई मार्छु भन्दै बन्दुक ताकेपछि…

    अनलाइन नेपाल
  • शनिबार, २३ भाद्र २०८०
  • 2.1K
    SHARES

    फाइल तस्विर

    पाँचथर । प्रहरीले पाँचथरमा भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–५, निगुरेका ३० वर्षीय दीपक चेम्जोङ छन् ।

    एकथान भरुवा बन्दुकसहित शुक्रबार राति उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



    दीपकले मादकपदार्थ सेवन गरी आफ्नै भाइ र बुहारीसँग विवाद गरेका थिए । बुहारीलाई भरुवा बन्दुक देखाई ‘मार्छु’ भनेको उनीमाथि आरोप छ ।



    सो सूचनापछि प्रहरीचौकी फाक्तेपबाट खटिएको टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाबारे प्रहरील थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार