Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

    भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    तनहुँ । तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् ।

    व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् ।



    गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।



    श्रीप्रसादलाई प्रहरीले गए राति नै नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार