Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • वाग्मती प्रदेश : एमाले संसदीय दलको बोर्ड गठन

    वाग्मती प्रदेश : एमाले संसदीय दलको बोर्ड गठन

    अनलाइन नेपाल
  • शुक्रबार, ३ बैशाख २०७८
  • 2.7K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले वाग्मती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ ।

    संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा आज प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको एमाले संसदीय दल, वाग्मती प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए ।



    प्रदेश बोर्डमा एमाले संसदीय दल दलका नेता पौडेल, प्रमुख सचेतक पाण्डे, प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, अरूणप्रसाद नेपाल, शान्ति थिङ, उर्मिला कर्माचार्य, शशीजङ्ग थापा र सरस्वती बाटी रहेका छन्।



    प्रमुख सचेतक पाण्डेका अनुसार संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री पौडेलले तीन सदस्य मनोनयन गर्नेछन् ।

    बोर्डमा दलका उपनेता र सचेतक पदेन सदस्य रहने व्यवस्था रहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार