Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एमाले सांसदले फ्लोरक्रस गर्दा शाहीको पद जोगियो

    एमाले सांसदले फ्लोरक्रस गर्दा शाहीको पद जोगियो

    अनलाइन नेपाल
  • शुक्रबार, ३ बैशाख २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    सुर्खेत । कर्णाली प्रदेशमा एमाले सांसदले फ्लोरक्रस गर्दा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ।

    आज प्रदेशसभामा विश्वासको मत पाएपछि उनको मुख्यमन्त्री पद जोगिएको हो।



    मुख्यमन्त्रीशाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ ।



    नेकपा एमालेका चार सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै एकाएक शाहीको पक्षमा मतदान गरेपछि सरकार जोगिएको हो ।

    शाहीलाई आफ्नो पद जोगाउन ३९ सदस्यीय प्रदेशसभामा २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर मुख्यमन्त्री शाहीले २२ मत पाए ।

    विश्वासको विपक्षमा १५ जना सांसदले मत दिएका छन् ।

    प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् ।

    त्यस्तै, ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो । शुक्रबारको बैठकमा ३७ जना सांसद उपस्थित थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार