Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै

    ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै

    अनलाइन नेपाल
  • शनिबार, ४ बैशाख २०७८
  • 2.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।



    प्रधानमन्त्री ओलीले संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्यालगायत विषयमा दलहरूको सुझाव लिन बैठक डाकेको बताइएको छ ।



    बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका सहभागी हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार