Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सभामुखसँगको सर्वदलीय बैठक बानेश्वरमा, प्रधानमन्त्री अनुपस्थित

    सभामुखसँगको सर्वदलीय बैठक बानेश्वरमा, प्रधानमन्त्री अनुपस्थित

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 2.7K
    SHARES

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको संसदमा प्रतिनिधित्व गर्ने शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

    आज संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा सुरु भएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल, संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कमिटी अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायतका नेताहरु सहभागी भएका छन् ।



    यस्तै, बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल भने अनलाइन माध्यमबाट सहभागी हुने सभामुखको सचिवालयले जनाएको छ ।



    सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा पठाए पनि उनी भने सहभागी भएका छैनन् ।

    संसद दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक (शीर्ष नेताहरुलाई) बोलाएका हुन् । यसअघि उनले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए ।

    बैठकमा समसामयिक विषयमा छलफल गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार