Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ओलीले बोलाएको सर्वदलीय बैठक माओवादीद्वारा बहिस्कार

    ओलीले बोलाएको सर्वदलीय बैठक माओवादीद्वारा बहिस्कार

    अनलाइन नेपाल
  • शनिबार, ४ बैशाख २०७८
  • 2.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक नेकपा माओवादी केन्द्रले बहिस्कार गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सत्तारुढ दल नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजबादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी भएका छन् ।



    बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको भए पनि माओवादी केन्द्रले भने बैठक वहिस्कार गरेको हो ।



    बैठकमा एमालेबाट अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री बिष्णु पौडेललगायत सहभागी छन् भने कांग्रेसबाट सभापति शेरवहादुर देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, प्रमुख सचतेक बालकृष्ण खाँणलगायतका नेता सहभागी छन् ।

    त्यसैगरी बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललगायतका नेता बैठकमा सहभागी छन् ।

    ओली नेतृत्वको सरकारलाईमा सहभागी हुन नहुने भन्दै आएका जसपा नेता बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भने नबोलाइएको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार