Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सीसीएमसीको बैठक सिंहदरबारमा सुरु, के होला निर्णय ?

    सीसीएमसीको बैठक सिंहदरबारमा सुरु, के होला निर्णय ?

    अनलाइन नेपाल
  • शनिबार, ४ बैशाख २०७८
  • 3.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठक सिंहदरबारमा सुरु भएको छ ।

    बैठकमा बढ्दो कोरोनाभाइरस संक्रमण र त्यसको रोकथाम तथा अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ ।



    यस्तै विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।



    सरकारलाई विद्यालय बन्द गर्न चौतर्फि दबाब परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जिल्लालाई संवेदनशिल क्षेत्रको रुपमा घोषणा गर्दै ती क्षेत्रका बिद्यालय र भीडभाड हुने ठाउँ बन्द गर्न भनिसकेको छ भने काठमाडौं महानगरपालिकाले पनि संक्रमित देखिएका विद्यालय बन्द गर्न निर्देशन दिइसकेको छ ।

    त्यसो त राष्ट्रिय सभाको संसदीय समितिले पनि तत्काल बन्द गर्न सरकारलाई शुक्रबार निर्देशन दिइसकेको हुँदा आजको बैठकमा यसबारे निर्णय हुनसक्ने बताइएको छ ।

    पछिल्लो समय संक्रमण बढ्दै गएपछि सरकारले विद्यालय बन्दबारे निर्णय गर्न नसक्दा १४ जिल्लाका विद्यालयमा नजान आग्रह भने गरिसकेको छ ।

    सरकारको यो आग्रहसँगै आम अभिभावक र विद्यार्थीमा अन्योलता उत्पन्न भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार