Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • फ्लोर क्रस गर्ने एमालेका सांसद कर्णालीमा पुरस्कृत, तीनै जना बने मन्त्री

    फ्लोर क्रस गर्ने एमालेका सांसद कर्णालीमा पुरस्कृत, तीनै जना बने मन्त्री

    अनलाइन नेपाल
  • शनिबार, ४ बैशाख २०७८
  • 2.9K
    SHARES

    काठमाडौं । फ्लोर क्रस गर्दै माओवादी केन्द्रको सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री बनाएका छन् ।

    मुख्यमन्त्री शाहीले एमालेबाट निस्कासित तीन प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।



    शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका हुन् ।



    एमालेका प्रदेशसभा सदस्यहरू बुढा, थापा र शाहीका साथै प्रकाश ज्वालाले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई मत दिएका थिए ।

    ३९ सदस्यीय प्रदेशसभामा शाहीले माआवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका थिए ।

    तर, एकाकए एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिएपछि शाहीको पद जोगिएको थियो ।

    यता, मन्त्री बनेका तीनै जनालाई एमाले प्रदेश कमिटीले शनिबार नै पार्टीबाट निस्कासन गरेको छ भने प्रकाश ज्वालालाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार