Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • फ्लोर क्रस गर्दा कर्णालीमा मन्त्री भएकाहरुको सपथ आज

    फ्लोर क्रस गर्दा कर्णालीमा मन्त्री भएकाहरुको सपथ आज

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 1.9K
    SHARES

    काठमाडौं। कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको सपथ आज हुने भएको छ ।

    शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालेका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए।



    मुख्यमन्त्रीको सचिवालयका अनुसार तीनै मन्त्रीहरुको सपथ आज हुने तय भएको हो।



    अमरबहादुर र कुर्मराज पहिलोपटक मन्त्री बनेका हुन् भने नन्दसिंह पहिले पनि मन्त्री थिए । पहिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका बुढालाई अहिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । पहिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हालेकी विमला केसीलाई भने आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    फ्लोर क्रस गरेका एमालेका अर्का सांसद प्रकाश ज्वाला भने मन्त्री बनेका छैनन् । उनलाई पनि उपयुक्त समयमा उपयुक्त जिम्मेवारी दिने मुख्यमन्त्री शाहीको तयारी छ ।

    नवनियुक्त मन्त्रीहरुसहित प्रकाश ज्वालाले फ्लोर क्रस मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए ।

    ३९ सदस्यीय प्रदेशसभामा शाहीले माआवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका थिए ।

    तर, एकाकए एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिएपछि शाहीको पद जोगिएको थियो ।

    यता, मन्त्री बनेका तीनै जनालाई एमाले प्रदेश कमिटीले शनिबार नै पार्टीबाट निस्कासन गरेको छ भने प्रकाश ज्वालालाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार