Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लामो दूरीको यातायात तत्काल बन्द गर्न सीसीएमसीको सुझाव

    लामो दूरीको यातायात तत्काल बन्द गर्न सीसीएमसीको सुझाव

    अनलाइन नेपाल
  • आइतबार, १२ बैशाख २०७८
  • 3.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमण रोकथाम गर्न तत्काल लामो दूरीको यातायात बन्द गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।

    कोरोना धेरै फैलिएको स्थानमा ‘लकडाउन’ गर्न समेत सीसीएमसीले सुझाव दिएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित छलफलमा सीसीएमसीका सदस्यहरुले प्रधानमन्त्री ओलीलाई कोरोनाका ‘हटस्पट’हरूमा नेपालगन्जमा जस्तै कडाइ गर्नुपर्ने सुझाव दिएका हुन्।



    नेपालगन्ज सहरमा मात्र ७३५ सक्रिय संक्रमित भएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा बुधबार रातिदेखि वैशाख १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।



    शनिबारसम्म काठमाडौं उपत्यका तथा पर्सा, कास्की, दाङ, बाँके र रूपन्देहीमा संक्रिय संक्रमितको संख्या ५ सय नाघिसकेको छ। तत्काल ती ठाउँमा बन्दाबन्दी नगरे अवस्था भयावह हुने सुझाव प्रधानमन्त्री ओलीलाई दिइएको छ ।

    यसबारे मन्त्रिपरिषदले निर्णय गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार