Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सीसीएमसीको आकस्मिक बैठक बोलाइयो, लकडाउन हुन सक्ने !

    सीसीएमसीको आकस्मिक बैठक बोलाइयो, लकडाउन हुन सक्ने !

    अनलाइन नेपाल
  • आइतबार, १२ बैशाख २०७८
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो समय नयाँ भेरियन्टको कोरोना भाइरसको महामारी बढेसँगै स्वास्थ्य संकटबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आकस्मिक बैठक बोलाइएको छ ।

    आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि सीसीएमसीका अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलले अपरान्ह बैठक बोलाएका हुन् ।



    यसअघि शनिवार प्रधानमन्त्री ओलीसहित बालुवाटारमा सीसीएमसीको विस्तारित बैठक बसेको थियो । सो बैठकमा स्वास्थ्य मन्त्रालयको प्रस्तावमाथि छलफल भएको थियो भने सीसीएमसीको तयारीबारे समेत ब्रिफिङ गरिएको थियो ।



    अध्यक्ष पोखरेलका अनुसार प्रधानमन्त्रीको आवश्यक निर्देशन र सुझावपछि बैठक बोलाइएको हो । सरकारले देशभर एकैपटक लकडाउन नगर्ने नीति लिएको छ । यसबाहेक संक्रमण नियन्त्रणका प्रभावकारी उपायबारे छलफल गरी केही क्षेत्रमा थप कडाई र केही सेवा क्षेत्र नियन्त्रित रुपमा चलाउने निर्णय हुन सक्ने बताइएको छ ।

    यसअघि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको भन्दै स्थानीय तह र जिल्लास्थित समितिसँग समन्वय गरेर पार्टी पंक्तिलाई परिचालित हुन, क्वारेन्टिन बनाउने, जिल्ला–जिल्लामा हेल्थ डेस्क राख्ने, सचेतनाका अभियान चलाउन निर्देशन दिएको पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

    देशभर एकसाथ लकडाउन गर्ने सोच सरकारको नभएको भन्दै उनले भने, ‘देशव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौँ, केही ‘हटस्पट’ मा भने स्थानीय तवरबाटै लकडाउनको निर्णय हुन सक्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार