Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सीसीएमसीको आकस्मिक बैठक, भोलिदेखि सबै परीक्षा स्थगित गर्ने सिफारिस

    सीसीएमसीको आकस्मिक बैठक, भोलिदेखि सबै परीक्षा स्थगित गर्ने सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, १२ बैशाख २०७८
  • 3.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पछिल्लो समय नयाँ भेरियन्टको कोरोना भाइरसको महामारी बढेसँगै स्वास्थ्य संकटबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आकस्मिक बैठकले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

    आज बसेको बैठकले भोलिदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।यसअघि मन्त्रिपरिषद बैठकले भने चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भिडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सीसीएमसीले सबै परीक्षा रोक्ने निर्णय गरेको स्रोतको भनाइ छ ।



    आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि सीसीएमसीका अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलले अपरान्ह बैठक बोलाए थिए। अध्यक्ष पोखरेलका अनुसार प्रधानमन्त्रीको आवश्यक निर्देशन र सुझावपछि बैठक बोलाइएको हो । सरकारले देशभर एकैपटक लकडाउन नगर्ने नीति लिएको छ । यसबाहेक संक्रमण नियन्त्रणका प्रभावकारी उपायबारे छलफल गरी केही क्षेत्रमा थप कडाई र केही सेवा क्षेत्र नियन्त्रित रुपमा चलाउने निर्णय हुन सक्ने बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार