Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपत्यकाका जिल्ला कार्यालयमा अत्यावश्यक बाहेकका सबै सेवा ठप्प

    उपत्यकाका जिल्ला कार्यालयमा अत्यावश्यक बाहेकका सबै सेवा ठप्प

    अनलाइन नेपाल
  • आइतबार, १२ बैशाख २०७८
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो समय नयाँ भेरियन्टको कोरोना भाइरसको महामारी बढेसँगै काठमाडौं उपत्यकाकासहित तीनवटा जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

    आज बसेको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट हुने अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको ।काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जानकरी दिए।



    पराजुलीका अनुसार सोमबारदेखि नै लागू हुनेगरी एक साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो। त्यस्तै बैठकले अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न आग्रह गर्ने निर्णय गरेको छ ।



    त्यस्तै कोरोना भाइरसको महामारी बढेसँगै स्वास्थ्य संकटबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आकस्मिक बैठक पनि बोलाइएको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि सीसीएमसीका अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलले अपरान्ह बैठक बोलाएका हुन् । पछिल्लो समय बढ्दै गएको कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै सीसीएमसीको बैठक बोलाइएको बताईएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार