Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ऊर्जामन्त्री रायमाझीलाई कोरोना पोजेटिभ, सैनिक अस्पताल भर्ना

    ऊर्जामन्त्री रायमाझीलाई कोरोना पोजेटिभ, सैनिक अस्पताल भर्ना

    अनलाइन नेपाल
  • मंगलबार, १४ बैशाख २०७८
  • 3.8K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ । हिजो गरिएको पीसीआर परीक्षणमा मन्त्री रायमाझी र परिवारका सदस्य तथा सचिवालयका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको स्वकीय सचिव लीला जीसीले जानकारी दिए ।

    कोरोना संक्रमणको पुष्टि भएपश्चात् मन्त्री रायमाझी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन्। उनको अवस्था भने सामान्य नै रहेको र सावधानीका लागि अस्पतालमा भर्ना भएको जिसीले बताए।



    जिसीका अनुसार मन्त्रि रायमाझीको परिवार र सचिवालयका केही सदस्यले स्वाबको नमुना परीक्षणका लागि दिएका दिए। मन्त्री, परिवार र सचिवालयका केही सदस्यलाई कोरोना पुष्टि भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार