Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ‘फ्लोरक्रस’ गर्ने कर्णालीका तीन मन्त्रीद्वारा पुनः शपथ ग्रहण

    ‘फ्लोरक्रस’ गर्ने कर्णालीका तीन मन्त्रीद्वारा पुनः शपथ ग्रहण

    अनलाइन नेपाल
  • बुधबार, १५ बैशाख २०७८
  • 2.1K
    SHARES

    सुर्खेत। फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथग्रहण गरेका छन् । तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएका हुन्।

    गत वैशाख ३ गते बसेको प्रदेशसभा बैठकमा नेकपा एमालेको निर्देशन ९ह्विप० उल्लङ्घन गर्दै मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । उनीहरुलाई मुख्यमन्त्री शाहीले वैशाख ४ गते मन्त्रीमा नियुक्त गरेकामा उनीहरुले वैशाख ५ गते प्रदेश प्रमुख कलौनीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।



    यसअघि एमाले प्रदेशसभा दल कर्णालीले पार्टी निर्देशन विपरीत काम गरेको आरोप लगाउँदै तीनैजनालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको सूचना प्रदेशसभा सचिवालयलाई गरेको थियो । तर वैशाख १२ गते बसेको कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले उनीहरु पदमुक्त भएको जानकारी दिएका थिए।



    पदमुक्त भएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई आज पुनः प्रदेशप्रमुख कलौनीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । थापा र शाही नयाँ मन्त्री भए पनि पर्यटनमन्त्री बुढालाई पुनः त्यही मन्त्रालय दिइएको छ । पर्यटनमन्त्री बुढाले उद्योगमन्त्रीका रुपमा यससँगै तीनपटक पद तथा गोपनीयताको शपथ लिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार