Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाँकेमा ८ कोरोना संक्रमितको मृत्यु

    बाँकेमा ८ कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १६ बैशाख २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ६ तथा कैलाली र बर्दियाका एक–एक रहेका छन् ।

    नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–१३ का ५८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिला र ४३ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको हो ।



    यस्तै भेरी अस्पताल नेपालगञ्जमा खजुरा गाउँपालिका–२ बाँकेकी ६७ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । भेरी अस्पतालमै कैलालीको लम्कीचुहा नगरपालिका–१ का ४३ वर्षीय पुरुषको पनि आज बिहान मृत्यु भएको छ ।



    यसैगरी नेपालगञ्ज–१४ का ६० वर्षीय पुरुष, नेपालगञ्ज–९ का ४२ वर्षीय पुरुष, नेपालगञ्ज–५ का ५५ वर्षीय पुरुष र बर्दियाको बढैयाताल गाउँपालिका–८ का ३२ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    हालसम्म बाँकेमा १०७ जनाको मृत्यु भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार