Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बाँकेमा दुई कोरोना संक्रमितको मृत्यु

    बाँकेमा दुई कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २२ बैशाख २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    नेपालगञ्ज – बाँकेमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल, नेपालगञ्ज र कोहलपुर मेडिकल कलेजमा एक एक जनाको मृत्यु भएको हो।

    नेपालगञ्ज उपमहानगरपालिका ४ का ६० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख १० गते पीसीआर जाँच गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो। उनको राती पौने १२ बजे मृत्यु भएको छ।



    यस्तै डुडुवा गाउँपालिका ५ का २७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। वैशाख १५ गते पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो। उनको आज बिहान पौने पाँच बजे मृत्यु भएको हो।



    योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४५ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार