Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालगन्जमा थप तीन संक्रमितको मृत्यु

    नेपालगन्जमा थप तीन संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १७ बैशाख २०७८
  • 795
    SHARES

    फाइल फोटो

    नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले दिएको जानकारी अनुसार, बाँके, बर्दिया र कैलालीका एक एक संक्रमितको मृत्यु भएको हो ।



    चैत्र २५ गते भेरीमा भर्ना भएका बर्दिया बढैयाताल गाउँपालिका ७ का ४७ वर्षीया महिलाको बिहीबार राति मृत्यु भएको हो ।



    कैलाली गोदावरीका ६२ वर्षीय पुरुषको पनि राति मृत्यु भएको हो । बैशाख १३ गते भेरीमा भर्ना भएका उनलाई भोलिपल्ट कोरोना पुष्टि भएको थियो।

    नेपालगञ्ज उपमहानगरपालिका ७ का ५७ वर्षीया महिलाको बिहीबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख १४ गते भर्ना भएका उनको त्यही दिन पीसीआर गरिएको थियो ।

    योसँगै बाँकेमा कोरोनाबाट १११ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ११३ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार