Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोरोना संक्रमितले अस्पतालकै शौचालयमा गरे आत्महत्या

    कोरोना संक्रमितले अस्पतालकै शौचालयमा गरे आत्महत्या

    अनलाइन नेपाल
  • शनिबार, १८ बैशाख २०७८
  • 3.6K
    SHARES

    काठमाडौं। रुपन्देहीको सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।

    सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।



    अस्पतालले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाए पनि शनिबार बिहान ४ बजे शौचालय जाने बहानामा उनले झुण्डिएर आत्महत्या गरेका अस्पतालले जनाएको छ ।



    स्वास्थ्य अवस्था सामान्य हुँदाहुँदै पनि परिवारको आग्रहमा भर्ना भएका उनले आत्महत्या गरेका हुन् । अस्पतालमा हाल ९ जना संक्रमित उपचाररत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार