Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतबाट फर्कने अस्ट्रेलियन नागरिकलाई ५ वर्ष जेल

    भारतबाट फर्कने अस्ट्रेलियन नागरिकलाई ५ वर्ष जेल

    अनलाइन नेपाल
  • शनिबार, १८ बैशाख २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । अस्ट्रेलियाली सरकारले भारतबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेलसजाय दिन सकिने नयाँ कानुन बनाएको छ । भातरमा कोरोना संक्रमितको संख्या दैनिक लाखौं थपिरहेका बेला अष्ट्रेलियाले भारतको यात्रालाई हालका लागि गैरकानुनी बनाएको छ ।

    अष्ट्रेलियाको स्वास्थ्य मन्त्रालयलेभारतमा ‘कोरोनाभाइरस सङ्क्रमित भई क्वारन्टीनमा बसिरहेका अस्ट्रेलियाका नागरिकहरूको सङ्ख्याका आधारमा’ पछिल्लो निर्णय लिइएको उल्लेख गरेको छ। भारतमा हाल अनुमानित नौ हजार अस्ट्रेलियाली नागरिक रहेको र तीमध्ये ६०० जनालाई जोखिम समूहमा राखिएको जनाइएको छ।



    यता, भारतबाट फर्किरहेका अस्ट्रेलियाका नागरिकको सङ्ख्यासँग सरकारको कदम असुहाउँदो भएको भन्दै एक चिकित्सकले भनेका छन्–‘हाम्रा परिवारहरू भारतमा मरिरहेका छन्, त्यहाँबाट निस्कनुको विकल्प नै छैन, यो सरकारी कदम त उनीहरूलाई परित्याग गर्न बनाएको जस्तो छ ।’



    यो नियमको उल्लङ्घन गर्नेहरूलाई पाँच वर्षसम्म जेल सजाय वा ६६ हजार अस्ट्रेलियाली डलर जरिवाना अथवा दुवै सजाय हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री ग्रेग हन्टले वक्तव्यमा भनेका छन्–‘सरकारले यी निर्णयहरू हल्का ढङ्गले लिएको होइन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार