Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अचानक किन राष्ट्रपतिकहाँ पुगे ओली ?

    अचानक किन राष्ट्रपतिकहाँ पुगे ओली ?

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । लुम्बिनी प्रदेशसहित केन्द्रमा समेत राजनीतिक उथलपुथल भइरहेको बेला ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

    आज बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएसँगै उनले नयाँ सरकार बनाउन पहल गरिरहेका बेला विमला वली माओवादी केन्द्रतिर लागेपछि उनी धरापमा परेका छन्।



    वलीले नेकपाका तर्फबाट दाङ प्रदेशसभा ३ (ख)बाट उपचुनाव जितेकी थिइन्। सर्बोच्च अदालतको फैसलाले माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।



    तर वलीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार