Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सेती अस्पतालमा चार संक्रमितको मृत्यु

    सेती अस्पतालमा चार संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 1.8K
    SHARES

    धनगढी । कैलालीको धनगढीस्थित सेती कोभिड अस्थायी अस्पतालमा उपचाररत चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक एक जना रहेको अस्पतालले जनाएको छ ।



    धनगढी उपमहानगरपालिका ७ की ७७ वर्षीया महिला, कञ्चनपुरको भीमदत्त नगरपालिका १२ का ७१ वर्षीय पुरुष, बझाङका २६ वर्षीय पुरुष तथा बर्दियाको उतानपुर गाउँपालिका २ का ३० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।



    अहिले कोरोना संक्रमणबाट सबैभन्दा प्रभावित कैलाली र कञ्चनपुरका नागरिक रहेका छन् । उनीहरु अधिकांश भारतबाट घर फर्केका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार