Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सेती अस्पतालमा थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु

    सेती अस्पतालमा थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 1.8K
    SHARES

    कैलाली। जिल्लाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया महिला र धनगढी उपमहानगरपालिका–१३ का २२ वर्षीय पुरुष रहेका छन् । महिलाको आज बिहान साढे २ बजे तथा पुरुषको सोमबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।



    यसैगरी, दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का ६६ वर्षीय पुरुषको सोमबार राति ९ बजे मृत्यु भएको छ । उनको एन्टिजेनबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । ति पुरुषको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा मृत्यु भएको हो ।



    यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का ७१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । उनको एन्टिजेनबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

    यस्तै, बझाङका २६ वर्षीय पुरुषको सोमबार राति साढे १० बजे मृत्यु भएको हो । उनको यही वैशाख १४ गते एन्टिजेनबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार