Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाँकेमा कोरोनाको महामारी : पछिल्लो २४ घण्टाभित्र १२ जना संक्रमितको मृत्यु

    बाँकेमा कोरोनाको महामारी : पछिल्लो २४ घण्टाभित्र १२ जना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 1.7K
    SHARES

    बाँके । बाँकेमा थप ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

    पछिल्लो २४ घण्टामा मात्र बाँकेमा उपचाररत ११ जना र काठमाडौंबाट ल्याउँदै गर्दा बाटोमा थप एक जना गरी १२ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।



    मृत्यु हुनेमा १० जना बाँकेका तथा एक/एक जना दाङ र जाजरकोटका छन्।



    काठमाडौंबाट ल्याउँदै गर्दा कोलहपुर नगरपालिका- १ की ७३ वर्षीया महिलाको बिहान ५ बजेतिर बाटोमै मृत्यु भएको हो। त्यस्तै दाङको शान्तिनगर गाउँपालिका वडा नं. ६ का ७५ वर्षीय संक्रमित महिलाको बुधबार राति सवा ९ बजे नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको थियो ।

    यसैगरी, जिल्लाको नरैनापुर गाउँपालिका-१ का ५६ वर्षीय पुरूषको भेरी अस्पतालमा बिहीबार बिहान ७ बजे, कोहलपुर नगरपालिका ५ का ३४ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बुधबार राति ९:४० बजे, नेपालगञ्ज १९ का ७७ वर्षीय पुरूषको भेरी अस्पतालमा बिहान साढे ४ बजे, नेपालगञ्ज १० का ७८ वर्षीय पुरुषको बिहान १: ४० बजे भेरी अस्पतालमा, नेपालगञ्ज ४ का ५५ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहान साढे १२ बजे, नेपालगञ्ज १० का २७ वर्षीय पुरुषको भेरी अस्पतालमा बुधबार राति १०:२२ मा मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिए।

    त्यस्तै, बाँकेको नेपालगञ्ज १ का ५८ वर्षीय पुरुषको बुधबार १० बजे राति भेरी अस्पतालमा, नेपालगञ्ज १० की ७८ वर्षीया महिलाको बुधबार बेलुका साढे ७ बजे, नेपालगञ्ज १२ का ४५ वर्षीय पुरुषको बुधबार बेलुका सवा ८ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो।

    त्यस्तै, जाजरकोटको भेरी नगरपालिककी ४३ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा बुधबार राति ९ बजे मृत्यु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार