Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन

    एमाले वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 3.1K
    SHARES

    हेटौँडा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन् । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेशसभा सदस्यमा निर्वाचित निरौला एमालेको काठमाडौँ जिल्ला कमिटीका सचिवसमेत छन् ।

    निरौलालाई मुख्य सचेतकमा मनोनयन गरिएको जानकारी प्रदेशसभा सचिवालयलाई आज दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार निरौलालाई यही वैशाख १७ गते नै मुख्य सचेतकमा मनोनयन गरिएको थियो ।



    निरौलालाई एमाले वाग्मती प्रदेशका संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेको जनाइएको छ ।



    एमालेका तत्कालीन मुख्य सचेतक केशवराज पाण्डे प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री भएपछि रिक्त पदमा निरौलालाई चयन गरिएको प्रदेशसभा सचिवालयलाई दलले बुझाएको पत्रमा उल्लेख छ ।

    पाण्डेअघि हालका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँल मुख्य सचेतक थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार