Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अक्सिजनको चरम अभाव : बेलझुण्डीमा एकैदिन आठ जनाको मृत्यु

    अक्सिजनको चरम अभाव : बेलझुण्डीमा एकैदिन आठ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    दाङ। कोरोना विशेष अस्पताल बेलझुण्डीमा पछिल्लो २४ घण्टाका अबधिमा आठ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

    ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच, घोराही उपमहानगरपालिका, गढवा र दंगीशरण गाउँपालिकाका एक÷एक जना रहेका छन् ।



    अस्पतालका व्यवस्थापक दोर्ण ओलीले अस्पतालको क्षमताले भ्याएसम्म सङ्क्रमितलाई स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी दिए । पछिल्लो समय जिल्लामा अक्सिजनको चरम अभावका भएको छ ।



    पर्याप्त अक्सिजन नहुँदा सङ्क्रमितको अवस्था दयनीय रहेको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले सामाजिक सञ्चालमार्फत जनाएका छन् । पाण्डेले अक्सिजनको चरम अभावका कारण बिरामी छट्पटाइ रहेको अवस्था रहेकाले यसमा जिल्लाका सांसदलाई यसतर्फ गम्भीर ध्यान दिन आग्रह गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार